दफा १०क
नेपाल प्रहरीले कार्य गर्ने
(१) दफा ८ र ९ मा जुनसुकै कुरा लेखिएको भए तापनि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा प्रदेश प्रहरीको काम, कर्तब्य र अधिकारको प्रयोग तथा प्रदेश प्रहरीले अनुसन्धान गर्ने कसूरको अनुसन्धान समेत नेपाल प्रहरीले गर्नेछ।
(२) उपदफा (१) को प्रयोजनको लागि तथा नेपाल प्रहरीबाट सम्पादन हुने कामको लागि काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा नेपाल प्रहरी अन्तर्गतका प्रहरी कार्यालय रहनेछन्।
(३) यस दफा बमोजिम कार्य सम्पादन गर्दा नेपाल प्रहरीले प्रदेश प्रहरीसँग समन्वय गर्नेछ।